२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः जिम्बाब्वेसँग अष्ट्रेलिया स्तब्ध



Zimbabwe’s Blessing Muzarabani, left, celebrates the wicket of Australia’s Tim David, right, during the T20 World Cup cricket match between Australia and Zimbabwe in Colombo, Sri Lanka, Friday, Feb. 13, 2026. (AP Photo/Eranga Jayawardena)
अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले हराएको छ । टी–२० विश्वकपमा जिम्बाब्वेले अष्ट्रेलियालाई दोस्रो पटक स्तब्ध पारेको हो । टोलीले यसअघि २००७ मा लिग चरण खेलमा अष्ट्रेलियालाई हराएको थियो ।

जिम्बाब्वेले दिएको १७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.३ ओभरमा १४६ रन बनाउदै अलआउट भयो । अष्ट्रेलियाको लागि म्याट रेन्शले सर्वाधिक ६५ रन बनाए । ग्लेन म्याक्सवेलले ३१ रन जोड्दा मार्कस स्टोइनिसले ६, ट्राभिस हेडले १७, र जोश इन्ग्लिसले जम्मा ८ रन जोडे ।

जिम्बाब्वेका लागि ब्लेसिङ मुजराबानीले ४ विकेट लिए भने ब्राड इभान्सले तीन तथा वेलिङटन मसाकदजा र रायन बुर्लले एक–एक विकेट लिए ।

त्यसअघि कोलम्बोको आर प्रेमादासा रंगशालामा टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा २ विकेटको क्षतिमा १६९ रन बनाएको थियो । उसका लागि ब्रायन बेनेटले ५६ बलमा अविजित ६४ रन बनाए । यो टी–२० विश्वकपमा उनको पहिलो अर्धशतक थियो र टी–२० अन्तर्राष्ट्रियमा उनको ११ औं अर्धशतक थियो।यस्तै, तडिवानासे मारुमनी र रायन बुर्लले ३५–३५ रन जोडे । सिकन्दर रजाले अविजित २५ रनको योगदान दिए ।

बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिस र क्यामरुन ग्रिनले एक–एक विकेट लिए ।

यसअघिको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले हराएको थियो भने जिम्बाब्वेले ओमानमाथि ८ विकेटले पराजित गरेको थियो ।