३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौंः कुलमान घिसिङ



अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरुले सरकारको नेतृत्व गर्न चाहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा पार्टीको चुनावी घोषणा सार्वजनिक गर्दै उहाँले सरकारको नेतृत्व गर्नका लागि नै राजनीति गरिएको बताउनुभएको हो ।

अध्यक्ष घिसिङले सिंगै देशको समस्या समाधानका लागि संसदमा रहेर पनि आफ्नो पार्टीले सशक्त आवाज उठाउने बताउने बताउनु भयो । उहाँले सरकारमा गएपछि पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरिएका अनुसारको काम गर्ने समेत बताउनु भयो ।

अध्यक्ष घिसिङले भन्नुभयो, ‘सबैले राजनीति गर्ने भनेको फेरी पनि सरकारको नेतृत्व गर्नका लागि नै हो । र त्यो सँगसँगै समाजमा देखिएका र देशको समस्यालाई समग्रमा विपक्षमा बसेर पनि र संसदको एउटा सशक्त प्रतिनिधि भएर पनि धेरैले धेरै आवाज उठाइरहेको हुन्छ । अब सरकारको नेतृत्व गर्नका लागि नै राजनीतिक दल खोलेको हुन्छ । राजनीतिमा आएको हुन्छ । त्यो नेतृत्व गर्नका लागि हामी सरकारमा जान्छौँ । र यो यो प्रतिवद्धता पूरा गर्छौ भनेर भन्छौँ ।’

अध्यक्ष घिसिङले मुलुकको समृद्धिका लागि जलविद्युतको उत्पादनमा जोड दिइएको समेत बताउनु भयो ।