१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिनको समयसीमा तोकियोः आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह



अ+ अ-

निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो । आयोगकाअनुसार २०८२ फाल्गुन ३ गते राती १२ बजेपछि अर्थात् फाल्गुन ४ गतेदेखि शुरु हुने यो प्रचार अवधि फाल्गुन १८ गते राती १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो । उहाँकाअनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

उहाँले भन्नुभयो, ‘ संवत २०८२ साल फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फाल्गुन ३ गते राती १२ बजे पछि राजनीति दल एवं उमेदवारहरुले निर्वाचन प्रचार प्रसार सुरु गर्दै हुनुहुन्छ। निर्वाचन आचार संहिता २०८२ ले राजनीति दल, उमेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ। मतदान हुने दिन भन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चार माध्यममा आफ्नो निर्वाचन सम्बन्धी सामग्री वा प्रचार९प्रसार गर्न सकिने व्यवस्था रहेको हुँदा फागुन ३ गते राती १२ बजेदेखि १८ गते राती १२ बजेसम्म राजनीति दल तथा उमेदवारहरुले निर्वाचन प्रचार प्रसार गर्न सक्ने व्यवस्था गरिएको छ। निर्वाचनको निष्ठतालाई उच्च प्राथमिकतामा राखेर दल तथा उमेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार प्रसार गर्नुहुनेछ भन्नेमा आयोग विश्वस्त रहेको छ। आयोगले आचार संहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरु परिचालन गरिरहेको छ। आयोग चाहन्छ, राजनीति दल तथा उमेदवारहरुलाई आचार संहिता उल्लंघन भयो भनेर मात्र पत्र काटेर स्पष्टिकरण सोध्ने कानुनी कारवाहीका लागि अघि बढ्नुपर्ने अवस्था नै नआओस्। निर्वाचन आचार संहिता राजनीति दल एवं सरोकारवाला पक्षहरुसँग व्यापक विचार विमर्श गरेर उहाँहरुकै मन्जुरीमा तर्जुमा गरिएको दस्तावेज हो ।’

सञ्चारकर्मीहरूसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनैपनि प्रकारको उल्लंघन नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको छ ।