१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदस्यता शुद्धीकरण अभियान शुरु



अ+ अ-

बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सदस्यता शुद्धीकरण अभियान शुरु गरेको छ । सदस्यता नवीकरणसम्बन्धी कार्यविधि–२०७६ अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ ।

शाखाको आइतबार बसेको बैठकले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण नगर्ने निर्णय गरेको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । “विदेशमा रहेका सदस्यको हकमा सम्बन्धित देशमै रहेका महासङ्घका शाखामा सदस्यता स्थानान्तरण गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

शाखामा आबद्ध २६ सदस्य हाल विदेशमा छन् । महासङ्घलाई श्रमजीवी पत्रकारको साझा, व्यावसायिक र मर्यादित संस्थाको रुपमा स्थापित गर्न सङ्गठन शुद्धीकरण अभियान शुरुआत गरिएको शाखाले जनाएको छ ।

महासङ्घले सदस्यता लिएर पनि पछिल्लो समय पत्रकारितामा निष्कृय रहेका सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आह्वान गरेको छ । आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासङ्घमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई महासङ्घले मानार्थ सदस्यता दिने व्यवस्था गरेको छ ।

निष्कृय सदस्यले स्वेच्छिक रुपमा सदस्यता त्यागेमा थप ५० जना जति सदस्य हट्ने सम्भावना रहेको शाखाले जनाएको छ । यसका लागि शाखाले सदस्यता नवीकरणमा समेत कडाइ गर्ने भएको छ । सदस्यता नवीकरणका लागि नियुक्तिपत्र, क्रियाशीलताको प्रमाणपत्रलगायतका कागजात अनिवार्य गरिएको छ । शाखामा हाल १८१ सदस्य आबद्ध छन् ।