२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा पाकिस्तानसामु १७६ रनको लक्ष



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज श्रीलंकामा भइरहेको म्याचमा भारतले पाकिस्तानसामु जितका लागि १७६ रनको लक्ष दिएको छ ।

पहिले टस जितेर पाकिस्तानले भारतलाई ब्याटिङका लागि निम्ता दिएको थियो ।

भारतका प्रारम्भिक ब्याट्सम्यान इसान किशनको तुफानी पारिको मद्दतले भारतले निर्धारित २० ओभरमा १७५ रन बनायो । इसानले कोलम्बोको आर प्रेमदासा स्टेडियमको सुस्त पिचमा ४० बलमा ७७ रन बनाए । उनले १० चौका र ३ छक्का हानेका थिए ।

साथै तिलक वर्माले २५, कप्तान सूर्यकुमार यादवले ३२, शिभम दुबेले २७ तथा रिंकु सिंहले ११ रन बनाएका थिए ।

पाकिस्तानले पहिलो ओभरमै अभिषेक शर्मालाई ० रनमै आउट गरेर दबाबमा पारेको थियो । तर भारतले दोस्रो विकेट ८८ रनमा गुमाएको थियो ।

पाकिस्तानका लागि साइम आयुबले ३ विकेट लिएका थिए भने सल्मान आघा, शाहीन अफ्रिदी र उस्मान तारिकले एक एक विकेट लिएका थिए ।

पाकिस्तान र भारत दुबैको चार चार अंक छ । यो खेल जित्ने टिम सुपर ८ मा पुग्नेछ ।