२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता शुरु



अ+ अ-

नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २१औ बार्षिक उत्सवको अवशरमा आयोजित छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता आईतवार देखि शुरु भएको छ । नेपाल सहित भारत,बंगलादेश, पाकिस्तान र श्रीलंकाको सहभागि रहेको उक्त प्रतियोगिताको उदघाटन पुर्ब बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले एक कार्यक्रम बिच उदघाटन गरे ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गणेशमान पुन ले खेलक्षेत्र मा आफुले चाल्नुपर्ने क़दम र निभाउनु पर्ने भुमिकामा कुनैपनि कसर नराख्ने बताए । प्रतियोगितामा पुरुष तर्फ २२ र महिला तर्फ १९ ईभेन्टस् गरी कुल ४१ स्वर्णका निम्ति प्रतिस्पर्धा भईरहेको कार्यक्रम संयोजक एबम नक्सालका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गीले जानकारी गराए ।

आज उदघाटन चरणमा बंगलादेशले टिम काता तर्फ सोनिया सुल्ताना, सृष्टि अख्तर रिदिता र बोईसाखीले प्रथम स्थान हाशिल गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए भने वाकी प्रतिस्पर्धाहरु सेमिफाईनल चरणमा प्रवेश गरे भने सेमिफाईनल तथा फाईनल सोमवार सन्चालन हुनेछ । नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टी प्यालेशमा सन्चालन भईरहेको उक्त प्रतिययोगिता सोमवार सम्पन्न हुनेछ ।