२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराते टोली भारत प्रस्थान



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आइतबार भारतको बैंगलुरु प्रस्थान गरेको छ ।

उक्त प्रतियोगितामा सविन तामाङ, युवराज तामाङ, सशिम तामाङ, हेमराज थापा, राजकुमार श्रेष्ठ, विकास तामाङ, ङिमा नाम्गेल तामाङ, रोशन भुजेल, पतिव भण्डारी, आशा तामाङ, प्रमिला तामाङ, दिक्षा श्रेष्ठ, श्याम तामाङ, सजना माझी, विशाल केसी, सोनाम तामाङ, तारा तामाङ, पविना सुवेदी, रोशन खाती, सन्जिव तामाङ, विश्वास हायु, अर्यान भण्डारी र दिनेश भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा गुर्मी शेर्पा, व्यवस्थापकमा प्रकाश श्रेष्ठ, प्रशिक्षकमा छोनाम लामा, निर्णायकमा शुक्रबहादुर माझी तथा अफिसियलमा बुद्धिमाया लामा र पातली तामाङ रहेका छन् । प्रतियोगिता माघ ४ र ५ गते हुने छ ।

टोलीलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, सचिव सरोजकुमार मुल्मीलगायतले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा जनवरी १९ तारिखमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा निर्णायकको भूमिकामा भारतको मुम्बइ जान लागेका सुरेन्द्र श्रेष्ठलाई पनि बिदाइ गरिएको थियो । श्रेष्ठ माघ १ गते मुम्बइ जाँदै छन् ।