२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्षिय युवराज समराको शतकमा क्यानडाले न्यूजिल्यान्डलाई दियो १७४ रनको लक्ष्य



Canada’s captain Dilpreet Bajwa, right, and Yuvraj Samra run between the wickets during the T20 World Cup cricket match between Canada and New Zealand in Chennai, India, Tuesday, Feb. 17, 2026. (AP Photo/Mahesh Kumar A.)
अ+ अ-

काठमाडौं । टी–२० विश्वकपमा क्यानडाले युवा खेलाडी युवराज समराको शतकमा न्यूजिल्यान्डलाई १७४ रनको लक्ष्य दिएको छ ।

चेन्नईस्थित एमए चिदम्बम् मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले २० ओभरमा ४ विकेटको क्षतिमा १७३ रन बनायो ।

क्यानडाको लागि १९ वर्षिय युवराज समराले शतक बनाए । उनले ६५ बलमा ११ चौका र ६ छक्काको सहयोगमा ११० रन जोडे । यससँगै, उनी टी-२० विश्वकपको इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन् । यसअघि पाकिस्तानका अहमद शहजादले २०१४ मा बंगलादेशविरुद्ध २२ वर्ष १२७ दिनको उमेरमा शतक बनाएका थिए ।  यस्तै, जारी प्रतियोगितामा शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यसअघि सोमबार श्रीलंकाका पाथुम निसान्काले १०० रन बनाएका थिए ।

यस्तै, क्यानडाका दीलप्रित बजवाले ३६ रन बनाउदा नवजित थालिवालले १० रनको योगदान दिए ।

बलिङतर्फ न्यूजिल्यान्डका म्याट हेनरी काइली जेमिनसन, जिम्मी निशम र जाकोव डुफीले एक–एक विकेट लिए ।

अहिले न्यूजिल्यान्डले जवाफि ब्याटिङ गरिरहेको छ ।