२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागको टेबलटेनिस पदक विजेता सम्मानित



अ+ अ-

नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद (साग) मा हाल सम्म पदक जित्ने टेबलटेनिस खेलाडीलाई शनिबार सम्मान गरेको छ । तेश्रोदेखि १३ औं सागमा पदक जित्ने सबै टेबलटेनिस खेलाडीलाई सम्मान गरिएको हो । सागको १३ औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ मा भएको तेश्रो सागदेखि टेबलटेनिस पहिलोपटक समावेश गराइएको थियो । समावेश भएको संस्करणदेखि नै नेपालले टेबलटेनिसमा निरन्तर सहभागिता जनाउदै आएको छ ।

सिजरिन शाह, गीता क्षेत्री, निलम तुलाधर र पूजा थापाले महिला टिम इभेन्टमा स्वर्ण जितेका थिए । सिजरिन सागमा सबै भन्दा बढी पदक जित्ने नेपाली खेलाडी पनि हुन् । सिजरिनले स्वर्णसहित ४ रजत र ३ कांस्य जितेकी छन् । त्यसपछि बढी पदक जित्नेमा नेपाल भेट्रान टेबलटेनिस संघका उपाध्यक्ष समेत रहेका धर्ममान वज्रचार्य छन् । उनले १ रजत र ४ कांस्य जितेका छन् ।

संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल भेट्रान टेबलटेनिस संघकी अध्यक्ष निनु सत्याल लगायतले पदक विजेतालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।