काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
पुनले हाल चीनको सेनजेनमा बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगको उपचार गराइरहेका छन् ।
समाचार स्रोतका अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै पुनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री चेन झाओबीच भेटवार्ता गरेका छन् ।
उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागि भएकी थिइन् ।
नेता पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेका छन् ।














