११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्युबामाथि नाकाबन्दी नगर्न मस्कोद्वारा अमेरिकासँग आग्रह



अ+ अ-

मस्को। क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ लाभरोभले क्युबाका समकक्षी ब्रुनो रोड्रिगेज पारिलासँगको भेटमा बुधबार सुझाव दिनुभएको छ।

विदेशमन्त्री लाभरोभले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतसँग मिलेर हामी संयुक्त राज्य अमेरिकालाई सामान्य ज्ञानका साथ काम गर्न, जिम्मेवार अडान लिन र नौसैनिक नाकाबन्दीको योजना त्याग्न आग्रह गर्दछौँ।”

लाभरोभले क्युबासँगको सहयोग वाशिङ्टनविरुद्ध रहेको भन्ने आरोपलाई मस्कोले अस्वीकार गरेको बताउँदै वासिङ्टन र हवानाबीचको सबै विवादलाई वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

“हामी क्युबा र क्युवाली जनताकोसार्वभौमिकता र सुरक्षा कायम गर्न समर्थन जारी राख्नेछौँ,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “रूसले क्युबालाई लक्षित गर्ने अमेरिकी कानूनको निन्दा गर्दछ, जुन क्युबाले संयुक्त राज्य अमेरिकाका लागि खतरा हो भन्ने गलत दाबीमा आधारित छ।”  (रासस/सिन्ह्वा)