काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसदद्वय जनार्दन ढकाल र रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच उहाँहरु कांग्रेस प्रवेश गर्नुभएको हो । उहाँहरुलाई सभापति गगन थापाले सदस्यता दिनु भयो ।

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेश गरेका हुन्।












