१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२० को पहिलो चन्द्रग्रहण लाग्ने



अ+ अ-

काठमाडौं । शुक्रबार राति चन्द्रग्रहण लाग्ने भएको छ। राति दस १० बजेर ५२ मिनेटमा चन्द्रग्रहण सुरू हुने भएको हो । चार घन्टा बढी चन्द्रग्रहण लाग्ने भएको छ।

चार घन्टा बढी लाग्ने चन्द्रग्रहण राति दस बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिने छ। यो ग्रहण सन् २०२० को पहिलो चन्द्रग्रहण हुनेछ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

‘सामान्यतया चन्द्रग्रहण लाग्दा रातो किरण ढाकिँदै जाने गर्छ’ अध्यक्ष भट्टराईले भने, ‘तर यो पेनम्ब्रल चन्द्रग्रहण हो, जुन नांगो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन सकिन्न।’