२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले स्वतन्त्रता नियन्त्रण गर्न खोज्यो : नेकपा नेता पन्त



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य रघुजी पन्तले सरकारले ल्याएको सूचना प्रविधि विधेयकले नियमनको नाममा नियन्त्रण गर्न खोजेको बताएका छन् । नेता पन्तले सरकारले नियमनको नाममा स्वतन्त्रता नियन्त्रण गर्न खोजेको आरोप लगाएका हुन् ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विधेयकको विपक्षमा मिडियाले भ्रम फैलाएको टिप्पणी गरेका थिए। नेता पन्तले भने बाँस्कोटाको जवाफलाई ‘मुखाले’ को संज्ञा दिएका छन्। ‘विधेयकका विषयमा एरोगेन्ट, मुखाले जवाफ दिएर सरकारको प्रवक्ताले ‘अँ यस्तो होइन’ भनेर हुन्छ र,’ पन्तले भने, ‘बोल्न त कानुन बोल्नुपर्छ। सरकारका प्रवक्ताले के भन्छन् महत्वपूर्ण हैन। यो कानुन पारित भएपछि यसको अर्थ के लाग्छ भन्ने कुरा हो।’

उनले विधेयकमा गरिएको दण्ड/सजाय कडा भएको बताउँदै विधेयकमा विभिन्न अर्थ लाग्ने शब्द राखिएकोमा आपत्ति जनाए।

‘जिस्काउनेको अर्थ के, बाटोमा हिँड्ने युवतीलाई खराब आशयले जिस्कायो भने एक खालको अपराध होला, तर ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड छन् फेसबुकमा जिस्किए भने त्यो अपराध हुन्छ र,’ पन्तले भने, ‘राजनीतिज्ञले व्यङ्ग सामना गर्नुपर्छ। नागरिकको आलोचना प्रश्न गर्न पाउने अधिकारलाई कुनै पनि कारणले खुम्च्याउनु हुँदैन।’