११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : आज पाकिस्तान र न्युजील्यान्ड भिड्दै



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर ८ का खेल सुरु हुँदैछन् ।

खेल तालिका अनुसार आज पाकिस्तान र न्युजील्यान्ड बिच ७.१५ बजे खेल हुनेछ । यो खेल स्पिनरलाई सुहाउँदो कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ ।

पछिल्ला पाँच टी–२० खेलमा न्युजील्यान्डले तीन वटामा जित र २ वटामा हार व्यहोरेको छ भने अस्थिर देखिने पाकिस्तानले चार खेलमा जित र एउटामा हार व्यहोरेको छ ।

पाकिस्तानी टिमबाट आज अब्रार अहमदले खेल्ने सम्भावना रहेको छ । तर समाचार स्रोतका अनुसार, अहिलेको पाकिस्तानी टिमले राम्रो खेल प्रदर्शन गरिरहेकाले सोही टिमले नै खेल्ने सम्भावना छ ।

पाकिस्तानको प्लेइङ–११:

१. साहिबजादा फरहान
२. साइम अयुब
३. सलमान अली आघा (कप्तान)
४. बाबर आजम
५. ख्वाजा नफाय
६. शादाब खान
७. उस्मान खान (विकेटकिपर)
८. मोहम्मद नवाज / फहीम अशरफ
९. सलमान मिर्जा
१०. उस्मान तारिक
११. अबरार अहमद

न्युजील्यान्ड प्लेइङ–११:

१. टिम साइफर्ट  (विकेटकिपर)
२. फिन अलेन 
३. रचिन रविन्द्र 
४. ग्लेन फिलिप्स 
५. मार्क च्यापम्यान 
६. डारेल मिचेल 
७. मिचेल सान्टनर (कप्तान)
८. जिम्मी नीशम 
९. म्याट हेनरी 
१०. इस सोढी 
११. ज्याकोब डफी