२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर कप भलिबलमा उपाधिका लागि ललितपुर र चन्द्रागिरि भिड्ने



अ+ अ-

काठमाडौं । राजधानीको ललितपुर जारी महानगर कप महिला भलिबलको उपाधिका ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् ।

ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३–० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई ३–० सेटले नै पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनल खेलमा ललितपुरले गोकर्णेश्वरलाई २५–१३, २५–१३ र २५–१६ अङ्कले हराएर फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा चन्द्रागिरिले विदुरलाई २५–१४, २५–१३ र २५–१६ अङ्कले पराजित गरी फाइनलमा पुगेको हो ।

यस्तै महिला भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा गोकर्णेश्वर ३–१ सेटले विजयी भयो । गोकर्णेश्वरले सो खेल २३–२५, २५–१५, २५–१० र २५–१७ अङ्कले हराएको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।

यसैगरी पुरुष भलिबलतर्फ चौतारा नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र कमलामाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा चौताराले बनेपा नगरपालिकालाई २३–१९, २५–१७ र २५–२१ अङ्कले हराउँदै सेमिफाइनको यात्रा तय गरेको हो ।

यस्तै महालक्ष्मीले गोकर्णेश्वरलाई २२–२५, २३–२५, २५–१९, २५–२१ र १५–१२ अङ्कले पराजित गरी अन्तिम चारका लागि स्थान पक्का गरेको हो । अर्को क्वाटरफाइनलमा आयोजक ललितपुर महानगरपालिकाले कागेश्वरीलाई २२–२५, २५–२०, २५–१६ तथा २५–१३ अङ्कले हराएर सेमिफाइनल पुगेको हो । अन्तिम क्वाटरफाइनलमा कमलामाईले पनौती नगरपालिकालाई २५–१८, २५–२० र २६–२४ अङ्कले हराएर सेमिफाइनल प्रवेश गरेको संयोजक बज्राचार्यले बताउनुभयो । चौतारा र महालक्ष्मीबीच तथा ललितपुर र कमलामाईबीच आज सेमिफाइनल खेल हुनेछ ।

ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी छन् । पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।