२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईकार्डीको ह्याट्रिकमा पीएसजी शानदार जित



अ+ अ-

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित सेन्ट एटिनलाई पीएसजीले ६–१ गोल अन्तरले हराएको हो । खेलको दोस्रो मिनेटमै ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा वेस्ले फोफानाले रातो कार्ड खाएपछि सेन्ट एटिन १० खेलाडीमा सिमित बनेको थियो । ३९ औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए ।

जेसी मौलिनले ४४ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी ३–० ले अघि बढेको थियो ।ईकार्डीले ४९ औं मिनेटमा पीएसजीका लागि ब्यक्तिगत दोस्रो गोल गरे । केलियन एम्बाप्पेकै पास सदुपयोग गर्दै ५७ औ मिनेटमा उनले ह्याट्रिक पुरा गरे । त्यसपछि ईकार्डीको पासको सदुपयोग गर्दै एम्बाप्पेले ६७ औ मिनेटमा पीएसजीलाई ६–० ले अघि बढाए ।

MMArena

७१ औं मिनेटमा योहान काबायीले गोल गर्दै सेन्ट एटिनीको हार अन्तर घटाउने काम गरे ।पीएसजीको जितसंगै फ्रेन्च कपमा सेमिफाईनल पुग्ने चार टिमको टुङ्गो लागेको छ । प्रतियोगितामा पीएसजीसंगै स्टेड रेम्स, लियोन र लिलीले अन्तिम ४ मा स्थान पक्का गरेका छन्।