१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–४ का नेकपा उम्मेदवार भुसालको घोषणाः शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौं निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र भुसालले आफू निर्वाचित भएमा हरेक नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मुलुकमा सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ । उहाँले सडक यातायात व्यवस्थापन, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता, खेलकुद तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी गर्नुभयो । उहाँले सडक ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने, हरेक घरको धारामा स्वच्छ खानेपानी पु¥याउने र कृषि क्षेत्रलाई वैज्ञानिक तथा आधुनिक बनाउने योजना सार्वजनिक गर्नुभयो । शिक्षा सबैका लागि निःशुल्क र अनिवार्य बनाउने तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हरेक नागरिकलाई सुशासनको अनुभूति दिने मेरो पहिलो प्राथमिकता हो । सडक ट्राफिक सधै.का लागि अन्त्य गर्ने, हरेक घरको धारामा स्वच्छ खानेपानी पु¥याउने, कृषि क्षेत्रलाई वैज्ञानिक र आधुनिकिकरण गर्ने, शिक्षा सबैको लागि निःशुल्क तथा अनिवार्य गर्ने, स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउने, महिला तथा उद्यमीका लागि विशेष कार्यक्रम लागू गर्ने, हरेक खेलका लागि भौतिक संरचना निर्माण तथा विस्तार गर्ने, कला संस्कृति, साहित्य र पर्यटन संरक्षण र विस्तार गर्ने मेरा प्रतिवद्धताहरु हुन् ।’

आफू निर्वाचित भए स्वास्थ्य सेवामा सबैको सहज पहुँच हुने वातावरण निर्माण गर्ने भुसालको दाबी छ ।