३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ बस दुर्घटनाः एक घाइतेको काठमाडौँमा मृत्यु, मृतक सङ्ख्या १८ पुग्यो



अ+ अ-

काठमाडौँ । धादिङमा बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृत्यु हुनेको घर स्याङ्जा जिल्लामा रहेको छ।

पोखराबाट काठमाडौँ जाँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायातको बस गएराति करिब एक बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५, भैंसेगौडा नजिकै त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा प्रारम्भिक रिपोर्ट अनुसार १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

बसमा सवार ४४ मध्ये २७ घाइतेलाई काठमाडौंसहित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको थियो भने अचेत अवस्थामा रहेका केही घाइतेलाई मलेखु र जिल्ला अस्पताल धादिङमा लगिएको थियो।