काठमाडाैँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन्। मन्त्रालयमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले समाजका सबै वर्गले मिलेर मानव बेचबिखनको समस्या सामना गर्नुपर्नेमा बल दिइन्।
उहाँले पर्याप्त स्रोत र साधनको अभाव तथा प्रक्रियागत जटिलताका कारण पीडितहरूको उद्धार कठिन भएको स्वीकार गर्दै सामाजिक सङ्घसंस्थासँगको सहकार्य र एकताको माध्यमबाट चुनौतीपूर्ण काम पनि सहज रूपमा सम्पन्न गर्न सकिने बताइन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले मानव बेचबिखनजस्ता निकृष्ट कृत्यलाई निर्मूल पार्न नीति सहयोगी बन्ने विश्वास व्यक्त गरिन्।












