१२ असार २०८३, शुक्रबार
,
Latest
बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको आक्रमणबाट कक्षा २ मा पढ्ने बालकको मृत्यु



अ+ अ-

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका १ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो । बालक सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भिरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाको मृत्यु भईसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए ।