१२ असार २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

होमवर्क नगरेको भन्दै शिक्षकद्धारा विद्यार्थीमाथी कुटपिट



अ+ अ-

रुपन्देही । शिक्षकले होमवर्क नगरेको भन्दै ५ कक्षामा पढ्ने विद्यार्थीमाथी कुटपिट गरेका छन् । शिक्षकको कुटाइबाट १३ वर्षीय मोहम्मद देवानको बाँया आँखा सुनिएको छ ।

ज्ञानदीप बोर्डिङ स्कुलका शिक्षक शैलेन्द्र बराईले होमवर्क नगरेको लठ्ठीले हिर्काउदा मोहम्मदको आँखामा चोट लागेको हो ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बराईका अनुसार विद्यार्थीले कापी नल्याएपछि शिक्षकले कक्षाबाट निकाल्दा उल्टै शिक्षकसँग बाझ्न खोजेपछि शिक्षकले पिटेको उनले स्वीकारे। घ’टनापछि देवानलाई प्रध्यानाधापक बराईले भैरवहास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचार गराउन लगेका थिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने यसबारे उजुरी नआएकाले कारबाही प्रकृया अघि नबढेको बताएको छ।

‘निवेदन आउन पर्ने आएको छैन, आज हुलाकबाट उजुरी पठाएको छ भन्ने सुनिएको छ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्ग खत्रीले भने,‘उजुरी कसरी आएको छ त्यही अनुसार कारबाही हुन्छ।’