१२ असार २०८३, शुक्रबार
,
Latest
अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलोको पानीबाट घट्ट, बत्ती र सिँचाइ : स्थानीबासी खुशी



अ+ अ-

सिञ्जा । तिला गाउँपालिकाको दुर्गम पुरुगाउँमा एउटै कुलोको पानीबाट घट्ट सञ्चालन, बिजुली बत्ती निकाल्न तथा सिँचाइमा प्रयोग गरिएको छ । बत्ती बलेपछि गाउँ झिलीमिली भएको छ ।

वन तथा बातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थानीय संस्था पेस नेपालले ‘खाद्य सुरक्षा र जलवायु अनुकूलताको क्याप्स कर्णाली’ परियोजनाअन्तर्गत सो कार्य सम्पन्न भएको हो । गाउँको १६ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको वडा नं ७ का वडाध्यक्ष सन्तवीर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार सोही कुलोबाट ११ किलोवाट बिजुलीसमेत निकालिएको छ ।

जम्मा ११८ घरधुरी रहेको सो गाउँमा पक्की कुलो निर्माणपछि बिजुली बत्ती निकालिएको लसुनडाँडी बहुउद्देश्यीय सिँचाइ योजनाका सचिव नरेन्द्र विकले जानकारी दिनुभयो । उहाँका अनुसार सिँचाइ, बत्तीसँगै घट्ट पनि सञ्चालनमा ल्याउने तयारी थालिएको बताउनुभयो । रु ५२ लाख लागतमा कुलोको निर्माण सम्पन्न भएको पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले सिँचाइ, बिजुली र घट्टले आर्थिक जीवन माथि उकास्ने बताउनुभयो ।