१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जग्गामा रहेका घरटहरा भत्काइदै



अ+ अ-

वीरगञ्ज । उपमहानगरपालिका–१० मटिअर्वाका दुई दर्जन घरटहरा प्रहरीले भत्काइदिएको छ ।
विगत करीब ४० वर्षदेखि सरकारी जग्गा अतिक्रमण गरी सो स्थानमा घरटहरा बनाइएको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिअर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले छोटी भन्सार कार्यालय तथा दशगजा क्षेत्रका करीब डेढ कठ्ठा जग्गा अतिक्रमण गरी बनाइको संरचना भत्काएको हो ।

वडा नं १० का वडाध्यक्ष शङ्करप्रसाद गुप्ताले उनीहरुलाई बारम्बार जग्गा खाली गर्न अनुरोध गर्दा नमानेकाले प्रहरीले घरटहरा भत्काएको जानकारी दिए । फुसको छाप्रोमा रहेका पुराना भन्सार कार्यालय नजिकैको नयाँ भवनमा सरेपछि उक्त खाली जग्गा स्थानीयवासीले अतिक्रमण गरी व्यापार गर्दै आएका थिए ।