२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतन बास्केटबलमा ४० टिम



अ+ अ-

काठमाडौं । ज्ञान निकेतन स्कुलको आयोजनामा १९ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिप माघ १२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जनाएका छन् । संयोजक कुँवरका अनुसार प्लस टु ब्वाइज, सिनियर ब्वाइज र जुनियर ब्वाइजमा खेल हुने छ । प्लस टु ब्वाइज र सिनियर ब्वाइजमा समान १६–१६ तथा जुनियर ब्वाइजमा ८ गरी जम्मा ४० टिमको सहभागिता रहने छ ।

प्लस टु र सिनियर ब्वाइज टिमलाई ४ समूह तथा जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

प्लस टु ब्वाइजमा टाइम्स इन्टरनेसनल कलेज डिफेन्डिङ च्याम्पियन हो । गत संस्करणको सिनियर ब्वाइज र जुनियर ब्वाइज दुवैमा आयोजक ज्ञान निकेतन पहिलो भएको थियो । माघ २० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।