२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिग फुटबल : आर्मीसँग हिमालयन शेर्पा पराजित



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो । जितसँगै आर्मीले तीन खेलमा छ अङ्क जोड्दै लिगेको तेस्रो स्थानमा उक्लिएको छ ।

यसअघि आर्मीले पहिलो खेलमा फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा मनाङमस्र्याङदी क्लबसँग १–० ले पराजित भएको थियो । आर्मीको जितमा कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले एक एक गोल गरे । खेलको दोस्रो हाफको ६०औँ मिनेटमा हिमालयन शेर्पाका डिफेन्डर आशिष गुरुङ र गोलरक्षक किशोरलाई बिट गर्दै कप्तान भरतले गोल गरेका थिए ।

त्यसैगरी खेलको ६४औँ मिनेटमा टेकबहादुरले आर्मीका लागि विजयी गोल गरे । खेलमा आर्मीका भरत खवास म्यान अफ दि म्याच चुनिए । पराजित हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । शेर्पा लिगको १० औँ स्थानमा रहेको छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।