काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएका छन् ।












