२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कलाकार कुशल पञ्जाबीले गरे आत्महत्या



अ+ अ-

मुम्बई । भारतीय टेलिभिजन कलाकार कुशल पञ्जाबीको ३७ वर्षमा निधन भएको छ । मुम्बईको पालीमा रहेको आफ्नै घरमा कुशलको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

मुम्बई प्रहरीले कुशलले आत्महत्या गरेको पुष्टि गरेको छ। प्रहरीले आत्महत्याको कारण पत्ता नलागेको र घटनाको जााच गरिरहेको जनाएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले उनको घरमा ‘सुसाइड नोट’ पनि भेटेको छ।

उनका साथी कलाकार तथा निर्माता करनवीर बोहराले सामाजिक सञ्जालमा यस घटनाको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘तिम्रो प्रस्थानले म मर्माहत भएको छु। अहिलेसम्म पनि मलाई विश्वास नै भएको छैन।’ कुशल पञ्जाबीले ३० भन्दा बढी टेलिभिजन सिरियलमा अभिनय गरिसकेका छन्।

उनले केही फिल्ममा समेत अभिनय गरेका छन्। हालै उनी ‘इश्क मे मरजावाँ’ मा पनि देखिएका थिए। सन् २०११ अमेरिकी रियालिटी गेम ‘शो वाइपआउट’ को भारतीय संस्करण ‘जोरका झट्का स् टोटल वाइआउट’ को उपाधि जित्दै उनले ५० लाख रुपैयाँ हात पारेका थिए।

प्रोफेसन डान्सरसमेत रहेका कुशलले ‘सीआईडी’, ‘लभ म्यारिज’, ‘देखो मगर प्यार से’, ‘फियर फ्याक्टर’, ‘कभी हाँ कभी’ ना जस्ता लोकप्रिय टेलिभिजन सिरियलमा अभिनय गरेका छन्।

सन् २००४ मा आएको फरहान अख्तरको चलचित्र ‘लक्ष्य’ र सन् २००७ मा करन जौहरले बनाएको चलचित्र ‘काल’ मा समेत उनको अभिनय देख्न सकिन्छ।