२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन आर्मीलाई हराउदै मनाङ मस्र्याङ्दी विजयी



अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गर्नुभएको थियो ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा शीर्ष ६ अङ्क जोडेको छ । यसअघि मनाङले आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–० गोल अन्तरले पराजित गरेको थियो । यता पराजित आर्मीको भने यो पहिलो हार हो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलमा मनाङका गोल रक्षक दीप कार्की ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो ।