२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्सलाई हराउँदै लाजिओले उठायो सुपर कोपा इटालियाको उपाधि



अ+ अ-

सुपर कोपा इटालियाको उपाधि युभेन्ट्सलाई हराउँदै लाजिओले जितेको छ । आइतबार राति भएको फाइनलमा १० खेलाडीमा सिमित युभेन्ट्सलाई लाजिओले ३–१ गोल अन्तरले पराजित गरी सिजनको पहिलो उपाधि जित्न सफल रहेको हो । खेल साउदी अरबको किङ साउद युनिभर्सिटीको मैदानमा भएको थियो । लाजिओलाई जित दिलाउन लुइस अल्बेर्टो, सिनाडा लुलिक र डानिलो कटाल्डीले एक एक गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा अल्बर्टोले गोल गर्दै लाजिओलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा डीबालाले गोल गर्दै युभेन्ट्सका लागि एक गोल फर्काएका थिए । ७३ औं मिनेटमा लुलिकले गोल गर्दै लाजिओको अग्रता २–१ को बनाए । खेलको ९० औं मिनेटमा रोड्रिगोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स अन्तिम समय १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा डानिलोले गोल गर्दै लाजिओलाई ३–१ को जित दिलाए । यस हारसँगै पुनः युभेन्ट्स लाजिओसँग पराजित भएको छ । यस सिजनको सिरी ए लिगमा समेत युभेन्ट्स लाजिओसँग पराजित भएको थियो ।