२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदहरूलाई अनुशासनमा रहन सभापति लामिछानेको चेतावनी



अ+ अ-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिनुभएको छ ।

नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’ यसपटक कडाइका साथ लागू गर्ने घोषणा गर्नुभएको हो ।

सांसदहरूलाई जिम्मेवारीवोध गराउने उद्देश्यले आयोजित ‘क्लोज क्याम्प’ जस्तो कार्यक्रममा बोल्दै लामिछानेले सरकारको गणितीय अवस्था जस्तोसुकै भएपनि अनुशासनहीनता सह्य नहुने स्पष्ट पार्नुभयो । रास्वपाभित्र सिंगो देशको अनुहार रहेको र विभिन्न पृष्ठभूमि (व्यापार, विद्यार्थी, युवा, महिला, सीमान्तकृत वर्ग, सामाजिक अभियन्ता, कलाकार, पूर्व प्रशासक आदि) बाट आएका व्यक्तिहरू रहेको भन्दै उहाँले यो विशाल परिवारलाई एउटै ट्रयाकमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो रहेको औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार दुई तिहाइको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको ‘राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ । तपाईंहरूको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै उद्देश्य छैन । तपाईं स्वतन्त्रताको सदुपयोग गर्नुहोस् तर अनुशासित भएर । अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ ।’ 

परिवार ठूलो भएको अवस्थामा अनुशासित हुन नसके समाजमा अराजकता सिर्जना हुने र रास्वपाले कुनैपनि प्रकारको अराजकतालाई स्वीकार गर्न नसक्ने उहाँको भनाइ छ । जनताले ठूलो आशा र अपेक्षाका साथ भोट दिएको स्मरण गराउँदै उहाँले सांसदहरूलाई प्रत्येक दिन आफ्नो जिम्मेवारीको महशुस गर्न निर्देशन दिनुभयो । –न्युज एजेन्सी नेपाल

तस्बिरः गोपाल दाहाल/रासस