२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टरमाथी सिटीको जित



अ+ अ-

ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लेस्टर सिटीलाई हराएको छ । शनिबार भएको खेलमा लेस्टरलाई ३–१ गेल अन्तरले सिटीले हराएको हो । सिटीको घरेलु मैदानमा अग्रता भने लेस्टरले जेमी भार्डीको गोलबाट २२ औं मिनेटमा लिएको थियो । लेस्टरको पुर्व स्टार रियाद महरेजले ३० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

ईल्के गुन्डोगनले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए ।केभिन डी ब्रुइनीको पासमा ग्याब्रियल जिससले ६९ औं मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए । सिटीले लिगको दोस्रो स्थानको लेस्टरलाई हराउँदा शीर्ष स्थानको लिभरपुलले १० अंकको अग्रता बनाएको छ ।

तालिकाको तेस्रो स्थानको सिटीले लेस्टरलाई हराउँदा लिभरपुलको १० अंकको अग्रता बनेको हो ।शीर्ष स्थानको लिभरपुलको ४९ अंक छ । लेस्टर ३९ अंक सहित दोस्रो र सिटी ३८ अंक सहित तेस्रो स्थानमा छ । जारी सिजनमा ब्रुईनीले १३ गोलको अवसर सिर्जना गरेका छन् । उनैबाट प्रेरित सिटीले शीर्ष स्थानको लिभरपुलसंगको अंक दुरी १० मा झारेको छ ।