२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज समानुपातिक सांसदलाई प्रमाणपत्र दिइने, राष्ट्रपतिलाई अन्तिम प्रतिवेदन बुझाइने



अ+ अ-

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका ११० जना सांसदलाई आज निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्ने भएको छ ।

पहिलो हुने निर्वाचिचत हुने प्रणाली अन्तर्गत विजयी हुनेले जिल्ला निर्वाचन कार्यालयबाटै प्रमाणपत्र पाएको भए पनि समानुपातिकले भने आज मात्र प्राप्त गर्ने भएका हुन् । साथै आयोगले गत सोमबार नै ११० जना समानुपातिक सांसदको सूची भने सार्वजनिक गरेको थियो ।

सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार-चार जना सांसद निर्वाचित भएका छन् ।

त्यसैगरी आजै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने आयोगले जनाएको छ ।

निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज यो प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपतिबाट आह्वान हुने छ । सम्भवत अर्काे हप्ता नेपालमा नयाँ सरकार गठन हुनेछ । नयाँ सरकार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा बन्ने कुरा चुनाव अघि नै सो पार्टीले सार्वजनिक गरिसकेको छ ।