२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाले सार्वजनिक क्षेत्रको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने



अ+ अ-

काठमाडाैँ । सिरियाका अन्तरिम नेता अहमद अल–शाराले शुक्रवार जीवनस्तर सुधार गर्ने प्रयासमा सार्वजनिक क्षेत्र र राज्य–संवद्ध निकायका कर्मचारीहरूको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने आदेश जारी गरेका छन् ।

यो आदेशले सरकारी मन्त्रालय, सार्वजनिक संस्थान, राज्यको स्वामित्वमा रहेका उद्यम र प्रशासनिक विभागका साथै राज्यको ५० प्रतिशतभन्दा कम नहुने हिस्सा भएका संयुक्त उपक्रमका कर्मचारीहरूलाई समेट्छ । आदेशअनुसार यो समायोजन जारी भएको समयमा लागू रहेको निश्चित तलबमा आधारित हुनेछ र यसमा विद्यमान कानुन अन्तर्गतका बढुवासम्बन्धी भत्ताहरू समावेश हुनेछन् ।

यो आदेश निश्चित सर्तहरू अन्तर्गत अस्थायी, ज्यालादारी र करारमा काम गर्ने कर्मचारीहरू, साथै आंशिक समय काम गर्ने र उत्पादनको आधारमा भुक्तानी पाउनेहरूका लागि पनि लागू हुनेछ । यसैबीच, यो आदेशले यसअघि नसमेटिएका क्षेत्रहरूका लागि मे १ देखि लागू हुनेगरी सामान्य न्यूनतम पारिश्रमिक प्रतिमहिना १२ हजार ५ सय ६० सिरियाली पाउण्ड (करिव १.१ अमेरिकी डलर) तोकेको छ ।