८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारी शक्तिबाट शान्ति र एकता सन्देशका लागि प्रादेशिक समागम आयोजना हुँदै



अ+ अ-

कैलाली। अध्यात्म र समाजसेवामा क्रियाशील सन्त निरङ्कारी मिसनले नेपालमा पहिलो पटक प्रादेशिक नारी सङ्घ समागम आयोजना गर्ने भएको छ ।

नारी शक्तिमार्फत समाजमा शान्ति र एकताको सन्देश फैलाउने उद्देश्यका साथ सुदूरपश्चिम र मधेस प्रदेशमा यही चैत १३ गते तथा कर्णाली र कोशी प्रदेशमा यही चैत १४ गते नारी सन्त समागम आयोजना गरिने कैलालीको बौनियाँमा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

सन्त निरङकारी मिसन कुनै धर्म वा सम्प्रदाय नभइ एक व्यापक आध्यात्मिक विचारधारा हो । सन्त निरङकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले भन्नुभयो, “यसले संसारका सबै धर्म र आस्थाका मानिसलाई सम्मान गर्दै साकार सद्गुरुको माध्यमबाट परमात्माको जानकारी (ब्रह्मज्ञान) प्राप्त गर्नु नै मानव जीवनको अन्तिम लक्ष्य रहेको विश्वास राख्दछ । ईश्वर प्राप्तिद्वारा नै विश्वभाइचारा सम्भव छ भन्ने मान्यता राख्ने यो संस्थाले सम्पूर्ण मानव जातिलाई एउटै परिवारको रूपमा व्याख्या गर्दछ ।”

चार वटा प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागममा आध्यात्मिक प्रवचन, भजनकीर्तन र नारी सशक्तिकरणका विविध विषयमा चर्चा हुने सन्त निरङकारी मण्डल नेपालका सचिव अनिल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमले समाजमा विद्यमान जाति, धर्म र नस्लका सङ्कुचित घेरालाई तोड्दै एउटै ईश्वरका सन्तानका रूपमा मानवतालाई जोड्ने लक्ष्य लिएको छ ।

नारी शक्तिको माध्यमबाट समाजमा शान्ति र एकताको सन्देश फैलाउने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको बौनियामा आयोजना हुने कार्यक्रममा मुख्य आकर्षणका रुपमा ब्रम्हज्ञान प्रचारक डा रीता यादवको आगमन हुने आयोजकले जानकारी दिएको छ ।

आध्यात्मिक विचार धाराको माध्यमबाट मानवमा संस्कारी र चरित्रवान बनाउन पनि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ । रासस