१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती



अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ  । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ  । जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, चार नायब सुब्बा, दुई खरिदार र करारका एक कम्प्युटर अपरेटरमात्र कार्यरत छन् । कर्मचारी अभावका कारण सेवाग्राहीलाई समस्या उत्पन्न हुने गरेको छ ।

“कार्यालयमा दुई वटा प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना पनि प्रशासकीय अधिकृत नहुँदा आफू एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ”, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने, “दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्राय सबै काम मैले धानेको छु, निकै समस्या भएको छ ।” लामो समयदेखि विभिन्न दरबन्दीका कर्मचारी नहुँदा जनताका काम गर्नमा समस्या भइरहेको उनको भनाइ छ । नायब सुब्बाको सात दरबन्दीमध्ये तीन वटा लामो समयदेखि रिक्त रहेको छ ।

त्यस्तै कम्प्युटर अपरेटरको दुबै दरबन्दी रिक्त भएपछि करारमा नियुक्त गरेर कामकाज सञ्चालन भइरहेको प्रजिअ पौडेलले जानकारी दिए । त्यस्तै खरिदारको चार दरबन्दीमध्ये दुई रिक्त रहेका छन् । कार्यालयका लेखापाल भुवनप्रसाद भट्ट सरुवा भएपछि उक्त दरबन्दी पनि रिक्त भएको छ ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा झेल्नुपरेको समस्याका विषयमा गृहमन्त्रालय र विभागमा जानकारी गराई कर्मचारी माग गरेको तर हालसम्म कर्मचारीको व्यवस्था भने नभएको पौडेलले जानकारी दिए । नागरिकता र राहदानी लिन दैनिक ५०/६० जना सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा आउने कम्प्युटर अपरेटर सुवास परियारले जानकारी दिए । उनका अनुसार मङ्सिर महिनामा मात्रै कार्यालयबाट ८५० जनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् ।