१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिसेस युनिभर्स २०१९ मा भिड्दै ‘बिनु’



अ+ अ-

काठमाडौं । ‘टुडेज उमन मिसेस नेपाल युके’ बिनु लामिछाने यतिबेला काठमाडौंमा छिन् । यही २२ देखि ३० डिसेम्बरसम्म चीनको गोन्जाओमा आयोजना हुने ‘४७ औँ मिसेस युनिभर्स २०१९’ मा लामिछानेले नेपाल र संसारभरि छरिएका नेपालीको प्रतिनिधित्व गर्नेछिन् । बेलायत बस्दै आएकी बिनुले मिसेस नेपाल युके २०१८ को बिजेता बनेका कारण उक्त प्रतिस्पर्धामा सहभागी हुने मौका पाएकी हुन् । लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले मिसेस नेपाल युकेको आयोजना गर्दै आएकी छन् ।

नेपाल र विदेशमा रहेका नेपालीको तर्फबाट यसपटक बिनुले चीनमा प्रतिनिधित्व गर्ने मिसेस युनिभर्सको नेसनल डिरेक्टर मनिषाले बताइन् । प्रतियोगिताको तयारीका लागि बिनुलाई केही समयदेखि कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ, प्रिजेन्टेसन, पर्सनालिटी लगायतको प्रशिक्षण दिइरहेका छन् । मिसेस युनिभर्स २०१९ को लागि आफूले अहिले सम्पूर्ण तयारी गरिरहेको बिनुले सञ्चारकर्मीलाई बताइन् ।

बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरको रूपमा कार्यरत् बिनु नेप्लिज नर्सिङ एसोसिएसन युकेकी कोषाध्यक्ष समेत हुन् । लामो समयदेखि बेलायतमा रहेका विभिन्न संघ संस्थासँग जोडिएर सामाजिक सेवा गर्दै आएकी बिनु नेपालबाहिर रहेका नेपाली र नेपालको प्रतिनिधित्व गर्दै यसपटक मिसेस युनिभर्समा जान पाउँदा खुसी लागेको बताइन् ।

उनले यसपटक मिसेस युनिभर्स २०१९ मा ९० देशका प्रतियोगी महिलाबीच नेपाल, नेपाली र आफ्नो देशको भाषा, कला संस्कृतिलाई चिनाउने जनाइन् । मिसेस युनिभर्समा सहभागी हुन पाउँदा निकै उत्साहित भएको र आउँदो आइतबार २२ डिसेम्बरमा मिसेस युनिभर्स २०१९ का लागि चीनतर्फ प्रस्थान गर्ने बिनुले बताइन् ।