१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा प्रचण्डपथ ब्यूँताउने, मातृकाले राखे प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्डपथ ब्यूँताउने प्रस्ताव आएको छ । नेकपा स्थायी कमिटी बैठकमा मातृका यादवले प्रचण्डपथ नभएकै कारण पार्टीमा भद्रगोल भएको धारणा राखेका हुन् ।

स्थायी कमिटीको बुधबार बसेको बैठकमा स्थायी कमिटी सदस्य यादवले प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राख्दा अरु नेताले भने अनौठो मानेका थिए ।

तत्कालीन माओवादीले सशस्त्र विद्रोहको बेला २०५७ माघ–फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त बनाएको थियो । ०६५ पुसमा तत्कालीन माओवादी र एकता केन्द्रबीच एकता भएपछि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक सिद्धान्तबाट स्थगित गर्ने निर्णय भएको थियो ।

त्यसबेलाको माओवादी र एमालेबीच एकता भएर नेकपा बनेको छ र बैचारिक बहसलाई एकता महाधिवेशबाट हल गर्ने सहमति भएको छ ।