१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वपश्चिम राजमार्गअन्तर्गत भाषी सडकखण्ड अवरुद्ध



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत भाषी सडक खण्ड अवरुद्ध भएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्र्ति र सवारी चालकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै सो सडकखण्ड आज अवरुद्ध गरिएको हो ।

भीमदत्तनगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई मङ्गलबार ठक्कर दिँदा मोटरसाइकल चालक भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो ।

मृतकका परिवार र स्थानीयवासीले सो सडकखण्डमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँले मृतकको शव महाकाली अस्पतालमा परीक्षण र राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।