२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक भोलि (चैत्र १० गते मंगलबार) बस्ने भएको छ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा आयोजना हुने जनाइएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ।