१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि आयोगद्वारा नेपालगञ्जमा जग्गा नापजाँच सुरु



अ+ अ-

बाँके। भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित आजबाट जग्गा नापजाँच सुरु गरेको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनाबाट जग्गा नापजाँच गर्न प्राविधिक टोली खटिएको अध्यक्ष खनालले बताउनुभयो ।

सो कार्यमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गरेको छ । यसअघि जिल्ला भूमि आयोग खारेज गर्ने सरकारको निर्णयका कारण काम अवरुद्ध भएको थियो । तर, सर्वोच्च अदालतले उक्त निर्णय बदर गरिदिएसँगै आयोगले पुनः काम अगाडि बढाएको हो ।

सोमबार नेपालगन्ज–२१ पुरैनामा आयोजित कार्यक्रममा नापजाँच कार्यको शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले आफ्नै नेतृत्वको स्थानीय सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई पुर्जा वितरण गर्ने विश्वास दिलाउनुभयो ।

“लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन समस्या अन्त्य गर्न हामी निरन्तर प्रयासरत छौँ”, उहाँले भन्नुभयो, “सरकार परिवर्तन भए पनि यो अभियानलाई पूर्णता दिने काममा उपमहानगरपालिका प्रतिबद्ध छ ।”