२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिको भिडन्त



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल म्याड्रिडबीच सिजनको पहिलो एल क्लासिको भिडन्त आज (बुधबार) राति हुँदैछ । यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो । क्याटलोनिया स्वतन्त्रतालाई लिएर बार्सिलोनामा लामो समयदेखि विरोध प्रदर्शन हुँदै आएको थियो । त्यतिवेला अप्रिय घटना हुने डरले स्पेनिस फुटबल महासंघले स्थगित गरेको खेल अहिले महासङ्घनै निर्देशनमा पुनः बार्सिलोनाको घरेलु मैदानमा हुन लागेको हो ।

खेललाई मध्यनजर गरी बार्सिलोनाको सुरक्षा व्यवस्था कडा पारिएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले दर्शकले दुई प्रतिस्पर्धी टोलीबीच राम्रो फुटबल हेर्न चाहेको बताएका छन् । जिदानले रियलको ध्यान मैदानमा केन्द्रित रहने पनि बताए । ‘हामी सम्पूर्ण शक्ति मैदानमा लगाउनेछौँ । बार्सिलोना बलियो छ । हामीसँग पनि राम्रा हतियार छन्,’ जिदानले भने । रियललाई एल पछिल्ला खेलमा लियोनेल मेस्सी पन्छाउन निकै कठिन परिरहेको अवस्था छ ।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले पनि बार्साको सम्पूर्ण ध्यान राम्रो फुटबल खेल्नमा केन्द्रित हुने बताए । ‘मैदानको ९० मिनेट हामीलाई कुनै राजनीतिले छुने छैन । शतप्रतिशत दिएर नतिजा निकाल्नु हाम्रो कर्तब्य हो,’ भालभर्डेले भनेका छन् । यसपटक ला लिगामा बार्सिलोना र रियलको अंकतालिका संयोग पनि अनौठो बनेको छ । दुवै टोलीले १६ खेलबाट समान ३५ अंक बनाएका छन् । बार्सिलोना गोलअन्तरका आधारमा शीर्ष र रियल दोस्रो स्थानमा छ ।