ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सभापतिका रूपमा पार्टीको गाडी हाँकिरहेको र धेरै अघि बढिसकेको ले रोकिने अवस्था नरहेको बताउनु भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा थापाले पूर्व सभापति शेरबहादुर देउवा पक्षलाई पार्टीमा समेटिएर अघि बढ्न आग्रह गर्दे यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो ‘यो गाडी अघि बढिसक्यो, अब रोकिन्न। सबैलाई समेटेर लैजान्छौँ, तर कोही आफैं छुट्न खोज्छ भने त्यो मेरो कुरा होइन ।’
उहाँले भन्नुभयो -अब निर्णय भइसकेपछि महाधिवेशनतर्फ अघि बढ्ने हो। समीक्षा पनि त्यहीँ हुन्छ यो गाडीमा कोही छुट्नु हुँदैन । यदि यो गाडीमा नचढी कोही छुट्छु भन्छ भने त्यो मेरो कुरा होइन ।
थापाले विशेष महाधिवेशनपछि केही नेताहरूमा असन्तुष्टि देखिएको स्वीकार गर्दै संवादमार्फत सबैलाई समेट्ने प्रयास गर्ने बताउनु भयो ।












