२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव



भक्तपुरको मुहान पोखरीको झरना ।
अ+ अ-

काठमाडाैँ । खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरुले नेपालको पानी नीति, आपूर्ति पद्धति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव दिनुभएको छ । विश्व पानी दिवस– २०२६ का अवसरमा ‘स्मार्ट वास सोलुसन्स’को आयोजनामा पानी र लैङ्गिक समानता विषयमा सोमबार यहाँ भएको कार्यशालाका वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा अन्तरराष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानका निर्देशक डा मनोरमा खड्काले नेपालको पानीसम्बन्धी नीति, कार्यक्रम, अभ्यास, परम्परा महिलामैत्री बनाउन नसकिएकाले महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक र समग्र विकास प्रभावित भएको बताउनुभयो । उहाँले अझै पनि नेपालका ग्रामीण क्षेत्रमा पानीको आपूर्ति सहज नभएको र खानेपानीदेखि घरेलु काममा उपयोगमा गरिने पानी सङ्कलनको जिम्मेवारी महिलाले लिने प्रचलन देखिएकाले छोरीहरुको पढाइ र अन्य सामाजिक सहभागिताको विषय प्रभावित भएको बताए।

उनले पानी सङ्कलनका क्रममा महिलाहरुले हिंसा पनि सहनु परेको उल्लेख गर्दै भने, “दलित महिलाहरुको स्थिति त भयावह छ । तराईमा होस् कि पहाडमा जातीय विभेद र छुवाछूतको विभेद भनिसाध्य छैन् ।” खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले घरको काम पुरुष र महिलाले बराबरी गर्ने अभ्यास नहुनु नै महिलाहरुको विकासको बाधक भएको बताए ।

उनले केही प्रदेशका केही पालिकाहरुमा विदेशी दातृ निकाय र संंस्थाहरुको सहयोगमा ‘एक घर एक धारा’ अभियान चलेकाले यो पूरा भएमा पानीका कारण रोकिएको महिलाहरुको आर्थिक–सामाजिक विकासको गति अगाडि बढ्न मद्दत पुग्ने बताए। कार्यक्रममा जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा कपिल ज्ञवालीले पानीको बहुपक्षीय उपयोगको महत्वलाई आत्मसात् गरेर आयोगले विश्व पानी दिवस, हिमनदी दिवस र जल तथा मौसम दिवसलाई समेट्ने गरी ‘वास विक’ नै मनाउन थालेको बताए।

पूर्वमन्त्री गणेश साहले पानी संसारभर सबै वर्ग, पेसा, समुदाय र उमेर समूहका नागरिकका लागि सुख तथा समृद्धिको माध्यम र परिचायक भएको बताउनुभयो । “जसकहाँ पानी बढी छ, त्यो धनी छ । पानी गरिब छ । पानीले धनी बनाउन सक्छ”, उनले भने ।उनले पानीका सम्बन्धमा सहज उपलब्धता, पहुँचयोग्य र किफायतीपन महत्वपूर्ण भएको उल्लेख गरे। कार्यक्रमको दोस्रो सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठद्वारा सञ्चालित बहसमा विज्ञ, नीतिनिर्माता, स्थानीय निकायका प्रतिनिधि र खानेपानीका क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरुले आ–आफ्नो क्षेत्रमा भएका असल अभ्यासका बारेमा बताएका थिए।

कार्यक्रममा स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप साहले स्वागत मन्तव्य गर्नुभएको थियो भने समापन मन्तव्य वाटर एड, नेपालका कविन्द पुडासैनीले गरेका थिए । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि विश्व पानी दिवस मनाउन थालेको हो । यस वर्षको पानी दिवस पानी र महिला विषयमा केन्द्रित छ । यस वर्षको नारा जहाँ ‘पानी प्रवाहित हुन्छ, त्यहाँ समानता बढ्छ’ भन्ने रहेको छ ।