काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको बैठक सुरू भएको छ ।
मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठक आज मध्यान्ह शुरु भएको हो । बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन, १५ औं नियमित महाधिवेशनबारे छलफल हुनेछ ।
काँग्रेस सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ सम्म १५ औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छ्न् । बैठकमा केन्द्रिय सदस्यहरु यसबारे आफ्नो धारणा राखिरहेका छन् ।











