५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालिकास्तरीय अस्पतालमा एकैदिन तीन गर्भवतीको शल्यक्रियाद्वारा प्रसूति



अ+ अ-

तनहुँ। तनहुँको आँबुखैरेनी अस्पतालमा एकै दिन तीन गर्भवतीलाई शल्यक्रियामार्फत् सुत्केरी गराइएको छ ।

मङ्गलबार शल्यक्रियामार्फत ती गर्भवती सुरक्षित रूपमा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । आमा र नवजात शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

अस्पतालका डा देवेन्द्र गौतम नेतृत्वको टोलीले शल्यक्रियामार्फत् सुत्केरी गराएको हो । अस्पताल प्रशासनले सीमित स्रोतसाधनकाबीच पनि सेवा प्रवाह प्रभावकारी बनाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

यसअघि शल्यक्रियामार्फत् प्रसूति सेवा लिन सदरमुकाम दमौली, चितवनको भरतपुर वा पोखरा जानुपर्ने बाध्यता रहेकामा पालिकास्तरीय अस्पतालमै उक्त सुविधा सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।