१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईका जिल्लामा शीतलहर शुरु, जनजीवन प्रभावित



अ+ अ-

राजापुर । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् ।

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान/बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताए ।

शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको कृषकले बताएका छन् । शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पु¥याएको स्थानीयवासी कृषक जयराम चौधरीले बताए ।