काठमाडौं । सिद्धार्थ बैंकले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यसहित ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर सप्ताहव्यापी विविध कार्यक्रम सम्पन्न गरेको छ।
मार्च १६ देखि २२ सम्म मनाइएको यस वर्षको अभियान “स्मार्ट मनि टक्स” नारालाई सार्थक बनाउने उद्देश्यले बैंकले सातै प्रदेशका ३८ विद्यालय तथा क्याम्पसमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रममा बैंकिङ सेवा, डिजिटल कारोबार तथा त्यससँग सम्बन्धित सावधानीबारे जानकारी दिइएको थियो।
उक्त कार्यक्रममा २,१७१ जना विद्यार्थी सहभागी भएका थिए। साथै, बैंकिङ प्रणालीको व्यवहारिक ज्ञान प्रदान गर्न ४७८ जना विद्यार्थीलाई विभिन्न शाखाहरूमा भ्रमण गराइएको बैंकले जनाएको छ। यसरी कुल ५१ कार्यक्रममार्फत २,६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरिएको छ।
बैंकले देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ। साथै, सप्ताहभर सामाजिक सञ्जालमार्फत जानकारीमूलक सामग्री प्रकाशन गरी वित्तीय सचेतना अभिवृद्धिमा योगदान पुर्याएको उल्लेख गरेको छ।
बैंकका अनुसार, यस्ता कार्यक्रमहरूले वित्तीय ज्ञान, सीप र व्यवहारमा सकारात्मक सुधार ल्याउने विश्वास लिइएको छ।












