२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी–१ मा उम्मेदवारद्वारा टेलिभिजन अन्तर्वार्तामै खर्च गरे ५० हजार रुपैयाँ



अ+ अ-

सप्तरी । प्रतिनिधि सभा निर्वाचनका क्रममा उम्मेदवारहरूले गरेको खर्च विवरण सार्वजनिक हुने क्रमसँगै रोचक तथ्यहरू बाहिर आउन थालेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका उम्मेदवार शम्भुप्रसाद देवले आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन् ।

राष्ट्रिय एकता दलका तर्फबाट उम्मेदवारी दिएका देवले निर्वाचन अवधिभर जम्मा १ लाख ५ सय रुपैयाँ खर्च भएको जानकारी निर्वाचन आयोगमा बुझाएका छन् । उनले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी खर्च सञ्चार माध्यममार्फत प्रचारप्रसारमा भएको देखिएको छ ।

देवले एक टेलिभिजन अन्तर्वार्ताका लागि मात्रै ५० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् । त्यस्तै, पम्पलेट छपाइमा १० हजार ५ सय रुपैयाँ खर्च गरिएको छ भने मोटरसाइकल र सिटी रिक्सा परिचालन गर्दा इन्धनमा ३० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ । उम्मेदवारी दर्तासम्बन्धी प्रक्रिया पूरा गर्न १० हजार रुपैयाँ खर्च भएको पनि उनले उल्लेख गरेका छन् ।

उम्मेदवार देवले सार्वजनिक गरेको खर्च विवरणले निर्वाचनमा प्रचारप्रसारका लागि सञ्चार माध्यमको प्रयोगमा उल्लेख्य रकम खर्च हुने गरेको देखाएको छ ।




भर्खरै