२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण संयोजक थापाले बुझाउनुभयो ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी बागमती मन्त्रीपरिषद् बैठकः अपाङ्ग प्रादेशिक नीति २०८३ लाई स्वीकृत गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड दिक्तेल–चखेवाभञ्ज्याङ सडक: माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले लिए शपथ-फोटो फिचर



अ+ अ-

काठमाडौँ: नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले०ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।